मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य/सिर्जना   

पुस्तकालय र जीवन

पुस्तकालय र जीवन


 

'कृपया शान्त रहनुहोला' भनि

Advertisement
ADVERTISEMENT
पढ्दै प्रबेश गरेका उसका नजर

दराजमा सजिएका पुस्तकहरुमा यसरी

आक्रमण गर्दै थिए कि…

उ आवरण हेरेर पुस्तक रोज्दै थियो

अनि पुस्तक रोजेर जीवनका परिभाषाहरु खोज्दै थियो..।

 

मौनतालाई चिरफार गर्दै

जिज्ञासाहरुले पहाड झै थुप्रै

प्रश्नहरुका बिज उब्जाइरहेका थिए

खैलाबैला मच्चाइरहेका थिए

फरक आकृती,फरक रङ्ग ..

अनि फरक शिर्षकहरुमा

उ जिवनका फरक फरक

स्वरुपहरु दाजिरहेको थियो…।

 

जीवन पुस्तकालय हो र

जीवनयात्रामा भेटिएका यात्रुहरु

आवरण भित्रका पुस्तकहरुजस्तै…

जसले केही न केही सिकाइरहेका हुन्छन्

भेटिदा, छुटिदा, राम्रा अनि नराम्रा…।

 

त्यस्तो शुन्यता, जहाँ घन्टौसम्म हराइरहेका

समयका घण्टीहरु हराइरहन्छन

भित्र-भित्रै,परपर

निकै अबेरसम्म ..

तरपनि उ जीवन खोजिरहेको हुन्छ…

अलमलमा…..

तर भेट्टाउने झिनो आशामा….।

 

युलेस, टेक्सस

 

शेयर गर्नुहोस:

0
Shares