मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जेलमुक्त भएपछि ढुंगेलले भने– गणतन्त्रका लागि योगदान दिएको मान्छे हुँ

जेलमुक्त भएपछि ढुंगेलले भने– गणतन्त्रका लागि योगदान दिएको मान्छे हुँ


११ औं गणतन्त्र दिवसको अवसरमा केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयले ८१६ जना कैदीलाई माफी दिएको छ । 
 
जसमा उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल पनि जेलमुक्त भएका छन् । 
 
मंगलबार बिहानै जेलमुक्त भएपछि उनले खुसी हुँदै भने, “म सर्वोच्च अदालतलाई सम्मान गर्छु । तर, त्यो रिट पहिले नै खारेज हुनुपर्दथ्यो । यति लामो बहस गरिरहनुपर्ने थिएन ।”
 
उनले आफू गणतन्त्रको लागि लडेको उल्लेख गर्दै गणतन्त्रको माग गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले जेल हालेको स्मरण गरे । उनले डलरबादीले आफूलाई जेलमै सडाउने षडयन्त्र गरेको आरोपसमेत बताए । उनी जेलमुक्त भएसँगै नेकपाका कार्यकर्ताले फूलमाला लगाएर सम्मान गरेको थियो । 
 
सरकारको सिफारिसमा राष्ट्रपतिको कार्यालयले कैदीहरुलाई जेलमुक्त गरेको हो  विज्ञप्तिमा मन्त्रिपरिषदको सिफारिसमा एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासहित ८१६ जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको उल्लेख गरिएको छ ।
 
सरकारले बालकृष्ण ढुंगेलसहित ८१६ जनालाई माफीका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।माफी पाउनेमा ढुंगेल पनि छन् । उनी डिल्लीबजार कारागारमा रहेका थिए । डिल्लीबजार कारागारबाट उनीसँगै २६ जना कैदी रिहा भएका छन् । यसअघि कारागार व्यवस्थापन विभागले ८१६ जना कैदी बन्दीलाई रिहा गर्न भन्दै सरकारलाई सिफारिस गरेको थियो । 

शेयर गर्नुहोस:

0
Shares