मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

फरार व्यक्तिहरुको खोजी गर्न चितवन प्रहरीको आकस्मिक चेक जाँच

फरार व्यक्तिहरुको खोजी गर्न चितवन प्रहरीको आकस्मिक चेक जाँच


चितवन । चितवन प्रहरीले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिहरु खोजी गर्न आकस्मिक चेक जाँच सञ्चालन गरेको छ ।
 
पछिल्लो समय विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति जिल्लाबाट पक्राउ पर्न थालेपछि चितवन प्रहरीले आकस्मिक चेक जाँच सञ्चालन गरेको हो ।
 
चितवन पछिल्लो समय आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरुको अखडाको रुपमा देखिन थालेको छ । अपराधीले राजधानीलगायत अन्य जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न हुने र चितवनलाई लुक्ने ठाउँका रुपमा प्रयोग गर्दै आएका छन् ।
 
चितवन प्रहरीले हरेक दिन जिल्लाका १३ ठाउँमा चेक जाँच गर्ने गरेको नायब प्रहरी उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले बताए । साना हातहतियार तथा लागुऔषध बोकेर हिँड्ने व्यक्तिलाई केन्द्रित गरी चेकजाँचलाई कडा परिएको उनले बताए ।
 
गत कात्तिकमा डीएसपी ढकालको संयोजकत्वमा चितवन प्रहरीले ‘प्रोसेफनल स्टार्डड टिम’ गठन गरेको थियो । नेपाल प्रहरीको आन्तरिक सुदृढीकरण अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयहरुबाट सम्पादन भइरहेका कार्यहरुलाई अझ बढी चुस्त, दुरुस्त र प्रभावकारी एवम् नतिजामूलक बनाउन टिम गठन गरिएको हो ।
 
डीएसपी ढकालका अनुसार प्रोसेफनल स्टार्डड टिमले प्रहरी कार्य, अपराध रोकथाम तथा अनुसन्धान, ट्राफिक व्यवस्थापन, कार्यालय व्यवस्थापन तथा अन्य प्रहरी सेवालाई अझ प्रभावकारी बनाउन प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनुगमन तथा निरीक्षण गर्ने तथा आवश्यकताअनुसार निर्देशन दिने, समन्वय गर्ने र कारबाहीको लागि कार्यालय प्रमुख समक्ष सिफारिस गर्नेसम्मको कामहरु गर्दै आइरहेको छ । 
 
प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन हाल भइरहेका कमी–कमजोरी पत्ता लगाउने र त्यसको समाधानका उपायहरुसहित कार्य सम्पादनलाई उच्चस्तरको बनाउन यसले सहयोग गर्ने डीएसपी ढकालले बताए ।

शेयर गर्नुहोस:

0
Shares