मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

एनआरएन अमेरिकाले फेब्रुअरी तेस्रो साताबाट हेल्प डेस्क संचालान गर्ने

एनआरएन अमेरिकाले फेब्रुअरी तेस्रो साताबाट हेल्प डेस्क संचालान गर्ने


वासिङटन डिसी (अमेरिका) – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकामा रहेका नेपालीहरूलाई सेवा दिनका लागि हेल्प डेस्कको स्थापनाका साथै फेब्रुअरी दोस्रो सातबाट टोल फ्रि नम्बर सहितको हेल्पडेक्स सञ्चालनमा ल्याउने भएको छ ।
 
फेब्रुअरी १७ बाट टेक्ससको अष्टिनबाट सञ्चालनमा ल्याउन लागिएको सो टोल  फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग सेवाग्राहीलाई जोड्ने तथा प्रत्यक्षरुपमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको एनआरएन अमेरिकाले जनाएको छ । 
 
संस्थाकी उपाध्यक्ष तथा हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाले दिएको जानकारी अनुसार हेल्प डेस्कले सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनुका साथै अमेरिकाभरि रहेका सङ्घ संस्थाहरूको संस्थाहरूको सहयोग र सहकार्यमा आवश्यकतामा रहेका अमेरिकी नेपालीहरूलाई अन्य दक्ष र सक्षम नेपालीहरू सँग जोडी सहयोगको वातावरण सिर्जना गराइने छ । 
 
अमेरिकाभरिबाट नै नेपालीहरूले टोल  फ्रि नम्बरमा सम्पर्क गरि आफूलाई परेका समस्याहरूका बारेमा जानकारी गराएपछि हेल्प डेस्कले आफ्नो नेटवर्क प्रयोग गरी सहयोग गर्ने योजना रहेको एनआरएन अमेरिकाले जनाएको छ ।

शेयर गर्नुहोस:

0
Shares