हिमालयखबर संवाददाता-
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएकोआठौँ विश्व सम्मेलनमा चर्चामा रहेका अध्यक्षका प्रत्याशी भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दर्ताका क्रममा उनका समर्थकहरुले 'जिताउँ चट्ट, भवन भट्ट' भन्दै नारावाजी गरेका थिए । सन् २०१५ देखि ०१७ सम्म उपाध्यक्ष रहेका भट्टले यसपटकको विश्व सम्मेलनमा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
उपाध्यक्षमा कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन् । केही महिना अघिसम्म पन्तले अध्यक्षमा उम्मेदवारी दिने चर्चा थियो । उपाध्यक्ष पदका लागि खगेन्द्र जिसी, कुल अाचार्य, सोनाम लामाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिने समय सोमवार बिहानसम्म छ ।
यस्तै, अमेरिकाज क्षेत्रका लागि रिजनल को-अर्डिनेटर (आरसी) पदमा गौरीराज जोशी, एसी शेर्पा र श्री पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
सम्मेलन शनिबार राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । छलफल लगायत विधान संशोधन लगायतका प्रकृयागत कार्यहरु आइतबार सकिएका छ्न । सम्मेलनले भिजन २०२० एण्ड विओण्ड प्रस्तावलाई स्विकृत गरेको छ ।
एनआरएनए अभियानलाई संस्थागत वनाउने उद्देश्यले भिजन २०२० ल्याईएको हो । कार्यक्रममा करिव ७० देशका गैर आवासिय नेपालीको सहभागीता छ । करिव १८ सय प्रतिनिधि चयन भएर आएका छन् । उनीहरुले मतदान द्धारा सोमवार नंया नेतृत्व चयन गर्ने छन् ।
विभिन्न देशवाट प्रतिनिधि आउने क्रममा विवाद भएको थियो । सबैभन्दा बढी विवाद अमेरिकामा देखिएको थियो ।
प्रतिनिधि चयनमा अनियमिता भएको भन्दै विवादहरु भएका थिए । यो विवाद उच्च नेतृत्व सम्म पुगेको छ । सोमवार महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । सभाले संस्थाको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया