राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका–४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका– ३ निवासी ४५ वर्षीय मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका– ४ निवासी ५० वर्षीय जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नंको माइक्रोबस ठोकिएका थिए । रासस







प्रतिक्रिया