मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक र माइक्रोबस ठोकिँदा दुई जनाको मृत्यु

ट्रक र माइक्रोबस ठोकिँदा दुई जनाको मृत्यु


राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका–४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।  
 
मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका– ३ निवासी ४५ वर्षीय मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका– ४ निवासी ५० वर्षीय जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।   
 
उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ  । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नंको माइक्रोबस ठोकिएका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares