मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

को होलान् त एनअारएन टेक्ससको अध्यक्ष ?

को होलान् त एनअारएन टेक्ससको अध्यक्ष ?


हिमालयखवर संवाददाता- 
ड्यालस (अमेरिका)। गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन कार्यतालिकानै सार्वजनिक नभएर चुनाव अनिश्चित भएपनि उम्मेदवारी घोषणा गर्नेक्रम रोकिएको छैन । एनआरएन अमेरिकाको कार्यसमितिमा मात्र नभएर यतिखेर राज्यसमितिका लागि धमाधम उम्मेदवारी घोषणा हुन थालेका छन् ।
 
एनआरएनको सबैभन्दा बढी सदस्य रहेको राज्य टेक्ससबाट यसैसाता दुईजनाले च्याप्टरको अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार युवा विकास उप्रेतीले आफ्नो उम्मेदवारी सार्वजनिक गरे ।
 
नेपालमा झापामा जन्मेका उप्रेती एक दशकदेखि अमेरिकाको ड्यालसमा बस्दै आएका छन् । उनी बिभिन्न सामाजीक संघसंस्थाहरुमा कृयाशील छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै आफु सर्वसम्मत रुपमा अध्यक्ष हुने दावी समेत गरेका छन् । 
 
दुई दिन अघिमात्र टेक्ससको युलेसमा बस्दै आएका भानु खरेलले पनि टेक्सस च्याप्टरको अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । चितवनको व्यबसायीक परिवारमा जन्मेका खरेल अमेरिकामा पेशागत रुपमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत छन् । 
 
दुई महिना अघि नर्थ ड्यालसका बादल भुजेलले पनि अध्यक्ष पदमा दावी गरेका थिए । तर उनी अहिले राममन्दिरको अध्यक्ष निर्वाचित भएपछि एनआरएनको उम्मेदवारी दिनेतर्फ सुस्ताएका छन् । 
 
बादललाई सामाजीक रुपमा एउटा पद चाहिएको थियो, मन्दिरको अध्यक्ष भएपछि एनआरएनको कुरै गर्न छाडेका छन्, उनका निकट नर्थ ड्यालसबासी एक नेपालीले भने । 
 
अहिलेसम्मको अवस्थामा टेक्सस च्याप्टरबाट अध्यक्षका लागि खरेल र उप्रेतीकै उम्मेदवारी पर्ने संभावना प्रवल रहेको छ । दुईमध्य कसको पल्लाभारी हुन्छ भन्ने विषय चाँही अझै केही महिना पर्खनैपर्ने अवस्था छ । 
 
एनआरए अमेरिकाभित्रको लफडाले निर्वाचन तालिका अहिलेसम्म पनि प्रकाशित हुन सकेको छैन । अध्यक्ष डा. केशव पौडेल चुनावी कार्यक्रमलाई अलपत्र पारेर नेपाल पुगेका थिए।