मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

काम शुरु नगर्दै एनआरएन अमेरिकाको छानबीन समिति विवादमा

काम शुरु नगर्दै एनआरएन अमेरिकाको छानबीन समिति विवादमा


टेक्सस(अमेरिका)- एनआरएन अमेरिकाले बनाएको सदस्यता छानबीन समितिले काम नथाल्दै विवादमा आएको छ । आगामी मे महिना हुन लागेको निर्वाचनमा भाग लिन आवेदन दिएका लगभग १७ हजार सदस्यहरूको छानबिन गर्न  आइतबार बनाएको समितिमा एक पक्षिय व्यक्तिहरू हाबी भएको भन्दै विवाद आएको हो । आफै निर्वाचनको मैदानमा रहेका एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडलको पहलमा बनाइएको समितिमा वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष पदका अर्का उम्मेदवार कृष्ण पोखरेल लगाएतको असहमति रहेको छ । सदस्यता छानबीन समिति संयोजक वर्तमान  महासचिव तिलक श्रेष्ठको नेतृत्वमा रहेको समितिमा जन सम्पर्क समिति अमेरिकाका उपाध्यक्ष रहेका सिपी पौडेल र केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला रहेपछि विवादमा आएको हो ।
 
 एनआरएनको विधानमा नै कुनै पनि राजनीतिक दलमा आबद्ध व्यक्तिले संस्थाको जिम्मेवारी लिन नसक्ने उल्लेख छ । टेक्सासका पौडेल र न्यूयोर्र्कका सिटौला डाक्टर पौडेललाई जिताउन अभियान नै चलाएर हिँड्ने व्यक्तिमा पर्दछन् । समतिको अन्य सदस्यमा जन सम्पर्क समिति अमेरिकाको केन्द्रीय प्रतिनिधि रहेका हरिहर दाहाल, व्यवसायी पासाङ लामा तथा राप्रपाको भातृ सङ्गठन नजिक रहेका विनोद तिवारी र नबराज खड्का रहेको भए पनि तिवारी वर्तमान बोर्डका सदस्य हुन भने खड्का एनआरएन अमेरिकाको कार्यलायमा रहेर काम गरेको अनुभव संगालेका युवा हुन् । एनआरएन अमेरिकाको आइतबारको बैठकमा भोटीङ मार्फत सदस्य छानिएको थियो । अत्यन्तै अब्यस्थीत रूपमा बसेको आइतबारको बैठकमा समितिले यस अघि बनाएको श्री पराजुली नेतृत्वको समितिलाई नै सदस्यता छानबीनको जिम्मेवारी दिने विषयमा बैठकमा कुरा उठे पनि अध्यक्ष डाक्टर पौडेलले पराजुलीसंग आफूले कुरा गरिसकेको बताउँदै नयाँ समिति बनाउनु पर्ने कुरा उठाएका थिए । 
 
एनआरएन अमेरिकाका पूर्व उपाध्यक्ष समेत रहेका पराजुलीले भने आफूलाई कुनै सल्लाह नगरिएको र आफैले सुझाव समेत दिँदा बेवास्ता गरिएको बताएका छन् । वर्तमान कार्यसमितिले एनआरएन अमेरिकालाई लोकप्रिय गराउने भन्दा पनि झनै विवादित गराउन तर्फ लागेको पराजुलीको भनाई छ । पराजुलीका अनुसार वर्तमान अध्यक्ष पौडेल जसरी भए पनि चुनाव जित्ने मानसायका साथ अगाडि बढेको र संस्था भन्दा पनि आफू केन्द्रित भएको उनको आरोप छ । 
आफूले समतिलाई सबैलाई समेट्ने खालको छानबिन समिति बनाउन सुझाव दिएको भए पनि एकपक्षिय सदस्य बनाएको उनको भनाई छ । एनआरएन अमेरिकाले बनाएको छानबिन समितिमा अमेरिकामा रहेका नेपालीहरूको ठुलो संस्था मध्ये पर्ने प्रवासी नेपाली मञ्च अमेरिका सर्मथित कुनै पनि सदस्य परेका छैनन् । सदस्यता छानबिन समिति प्रति मञ्चका अध्यक्ष सञ्जय थापाले फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरेका छन् । 
 
यसैबिच एआरएन अमेरिकाले बनाएको समिति प्रति अमेरिकामा रहेका विभिन्न क्षेत्रका अगुवाहरुले वर्तमान समितले गैर राजनीतिक संस्थामा खुलेर राजनीति गरेको आरोप लगाएका छन् । समितिमा रहेका व्यक्तिहरू नेपाली काँग्रेसको भातृसंगठनको रूपमा रहेको जन सम्पर्क समितिको जिम्मेवार व्यक्तिहरू रहेकोले राजीनामा दिएर मात्र काम गर्नुपर्ने आवाज उठाएका छन् । कतिपय व्यक्तिहरूले जन सम्पर्क समिति अमेरिकाको वर्तमान बोर्डले नै राजनीतिक संस्थालाई एनआरएनमा सहभागी नगराउने भन्दै एनआरएन आईसीसीको चुनावमा जन सम्पर्क समिति अमेकिा अध्यक्ष आनन्द विष्ट र प्रवासी नेपाली मन्च अमेरिका अध्यक्ष सन्जय थापालाई प्रतिनिधि समेत बनाएको थिएन तर अहिले खुलेआम राजनीति गर्न लागेको भन्दै विरोध गरेका छन् । 
 
विवादित समितिको बारेमा प्रतिक्रिया लिन एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलसंग सम्पर्क गर्न खोज्दा फोन उठेन भने वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले सबै क्षेत्रलाई समेटेर छानबिन बनाउन नसकिएको स्वीकार गरेका छन् । पोखरेलले राज्यबाट छानबिन भएर आउने हुँदा आफू समितिले विवाद रहित हिसाबले छानबिन गर्नेमा विश्वस्त रहेको भए पनि बहुमतका आधारमा वर्तमान समिति बनेको तर आफू भने सबैलाई समेट्ने खालको समिति बनाउने पक्षमा रहेको बताए । सिमितिका सदस्यहरुका विषयमा विवाद आएको वर्तमान छानबीन समितिका ंसंयोजक श्रेष्ठले भने सबैलाई विश्वस्त हुन आग्रह गरेका छन् । आफ्ना्े नेतृत्वको समिति बहुमतको आधारमा बनेको र समितिले नियम अनुसार राजनीतिक आस्था भन्दा माथि रहेर काम गर्ने बताए ।