मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको सदस्यता लिने अन्तिम दिन भोली

एनआरएनको सदस्यता लिने अन्तिम दिन भोली


 

ड्यालस (टेक्सस) – एनआरएन अमेरिकाको आगामी निर्वाचनमा सहभागी हुन सदस्यता नविकरण गर्न एक दिन बाँकी छँदा सदस्यता करिव ७ हजार ५ सय पुगेको छ ।

यो दुइ बर्ष अघिको भन्दा झण्डै ३ हजारले कम हो । यस पटक सदस्य बन्न आवेदन दिनेको पनि छानविन गर्न भने बाँकीनै छ ।

सोमवार एनआरएन वेवसाइट केही घण्टा अवरुध्द भएको थियो । यसले गर्दा पनि सोमबार सदस्य संख्या बृध्दि केही सुस्त भएको हो । एनआरएन वेवसाइटमा गएर नाम ठेगाना, आईडीको पछिल्लो चार अंक,  इमेल भरेर सदस्यता लिन सकिन्छ । यसका लागि १५  डलर शुल्क पनि तिर्नुपर्छ ।

सोमवार केही घण्टा एनआरएन वेवसाइटमा अवरोध आउँदा समाजिक संजालमा आक्रोस युक्त प्रतिकृयाहरु आएका थिए । वेवसाइटमा प्राविधिक कारणले समस्या आएको सूचना राखिएको थियो ।

यो अवरोधका कारण केही दिन सदस्यता लिनका लागि समय केही दिन थप हुने संभावना पनि रहेको एनआरएन अमेरिकाका पदाधिकारीले वताए । ‘धेरैको सुझाव समय थप गर्नुपर्छ भन्नेपनि छ,’ एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलले भने–‘तर, यसबारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

करिव तीन साता अघिसम्म जम्मा ४ सय ६३ सदस्य मात्र रहेको अमेरिकामा केही दिन यता विस्तारको गति तिव्र भएको हो । टेक्ससमा सवैभन्दा बढी सदस्य छन् । टेक्ससबाट मात्र दुइ हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् । टेक्ससबाट अध्यक्षका लागि राम सी पोखरेल र गाैरीराज जोशीले उम्मेदवारी दिने चर्चासँगै सदस्य व्यापक रूपमा बढेका हुन् ।

संख्याको हिसाबले टेक्ससपछि बढी सदस्य रहेका राज्यहरूमा न्यूयोर्क र क्यार्लिफोनिया दोस्रो र तेस्रो नम्बरमा छन् । दुइ बर्ष अघि एनआरएन अमेरिकामा १० हजार ५ सय भन्दा बढी सदस्य थिए । एनआरएनले गरेको अध्ययनले अमेरिकामा करिव २ लाख ५० हजार नेपाली रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यस आधारमा अहिलेको सदस्य संख्या निकै कम हो ।