मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा सदस्य सङ्ख्या ३००० पुग्यो

एनआरएन अमेरिकामा सदस्य सङ्ख्या ३००० पुग्यो


अमेरिका – गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएन अमेरिका) मा सदस्य सङ्ख्या केही दिन यता वृद्धि भए पनि दुई वर्ष अघिको तुलनामा अझै निकै कम छ । सदस्यता लिने समय एक साता बाँकी हुदां एनआरएन अमेरिकाको सदस्य वन्नेको सङ्ख्या करिब ३ हजार पुगेको छ । 
 
यस पटक सदस्य वन्नेमा सबैभन्दा बढी टेक्ससका छन् । यस पछि न्यूओर्क र क्यालिर्फोनिया छन् । कुल सदस्यमा यी तिन राज्यको मात्र आधा भन्दा बढी छन् । टेक्सस डलास अहिले एनआरएन नेतृत्वको निर्वाचनको सबैभन्दा बढी चर्चामा छ । टेक्सस नेपालीको बढी बस्ती र व्यवसाय भएको राज्य हो । यहाँबाट अध्यक्ष पदका लागि दुई जनाले घोषणा गरिसकेकाले पनि डलास बढी चर्चामा छ ।  
 
दश दिन अघिसम्म सदस्य सङ्ख्या जम्मा ५ सयको हाराहारीमा थियो । केही दिन यता एनआरएन अमेरिकाका पदाधिकारीहरुले सदस्यता विस्तारलाई तीव्रता बनाएका थिए । अध्यक्ष डा केशव पौडेल, उपाध्यक्ष, लगायत अध्यक्षका उम्मेदवार सदस्यता अभियान भन्दै विभिन्न सहर पुगेका थिए । 
 
दुई वर्ष अघि एनआरएन अमेरिकामा १० हजार भन्दा बढी सदस्य भएका थिए । यी सदस्यले अनलाइन भोट मार्फत वर्तमान नेतृत्व चयन गरेका हुन् । पहिले जति १० हजार सदस्य पुग्छ पुग्दैन धेरेको चासो छ । 
 
बढी सदस्य बनेका अन्य राज्यमा भजिर्निया, मेरिल्याण्ड, इलिनियोस, कनेटिकट, साउथ डेकोटा, म्यासच्युटेस्, नर्थ क्यारिलोना, कोलोराडो लगायत छन् । 
 
एनआरएन अमेरिकाको नेतृत्वमा जान भने अहिले उम्मेदवारी घोषणा गर्ने होडबाजी नै चलेको छ । टेक्सासवाट अध्यक्षका लागि राम सी पोखरेल र गौरी जोशीले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष डा केशव पौडेलपनि पुन दोहोर्याउने पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्ष रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरुमा पनि विभिन्न आंकाक्षीहरुले आफू उठ्ने सोसल मिडिया मार्फत जानकारी दिइरहेका छन् । 
 
निर्वाचन समितिले निर्वाचन कार्यक्रम अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, २ महिना पछि मे महिनामा चुनाव हुने बताइएको छ ।
 
निर्वाचनको माहौल तातिरहेकाले सदस्य बन्ने क्रम आउने दिनमा ह्वात्तै बढ्ने एनआरएनका पदाधिकारीहरू बताउँछन् । अव केही दिनमा ह्वात्तै बढ्ने धेरेको अनुमान छ । आउने सप्ताहन्तमा सदस्य बढ्ने अनुमान गरिएको छ । 
 
अन्तिम समयमा बन्ने सदस्यको छानविन कसरी गर्ने यो सबैभन्दा ठुलो चुनौती हो । भोटका लागि विभिन्न नाममा सदस्यता बनाइएको वर्तमान कार्यसमितिलाई आरोप छ ।  
 
एनआरएन अमेरिकाले केही साता अघि साधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा नेपालीको सङ्ख्या करिब २ लाख ५० हजार रहेको उल्लेख छ । अमेरिकाको जनगणनामा नेपालीको सङ्ख्या करिब ७० हजार रहेको तथ्याङ्क छ । मेरिल्याण्डमा मात्र १३ हजार भन्दा बढी नेपाली बसोबास गर्ने जनगणनामा देखिएको थियो ।