मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

जम्मा ४६३ : एनआरएन अमेरिकाको हाल सम्मको सदस्य संख्या

जम्मा ४६३ : एनआरएन अमेरिकाको हाल सम्मको सदस्य संख्या


हिमालयखवर संवाददाता
अमेरिका– गैर आवासीय नेपाल संघ अमेरिका (एनआरएन अमेरिका) मा आगामी नेतृत्वका लागि चुनावी माहौल तातेपनि भोट दिनका लागि सदस्यता लिन भने कसैको चासो देखिदैंन । 
 
सोमबार साँझसम्म एनआरएन अमेरिकाको सदस्य लिनेको सङ्ख्या ५ सय पनि पुगेको छैन । एनआरएन अमेरिकाको आधिकारिक वेभसाइटमा उल्लेख भएअनुसार अहिलेसम्म एनआरएन अमेरिकामा ३ सय ६९ जना साधारण र ९४ जना आजिवन गरी जम्मा ४ सय ६३ मात्र सदस्य भएका छन् । यदि अहिले नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने हो भने भोट हाल्न पाउने ४ सय ६३ जना मात्र हुन् । यसरी सदस्यका लागि फारम भर्ने पनि सदस्य बन्न योग्य छन् वा छैनन् छानविन हुन बाँकी छ । अव सदस्य बन्न करिब २ साता मात्र बाँकी छ ।
 
दुई वर्ष अघि एनआरएन अमेरिकामा १० हजार भन्दा बढी सदस्य भएका थिए । यी सदस्यले अनलाइन भोट मार्फत वर्तमान नेतृत्व चयन गरेका हुन् । एनआरएन अमेरिकाको नेतृत्वमा जान भने अहिले उम्मेदवारी घोषणा गर्ने होडबाजी नै चलेको छ । 
 
टेक्सासवाट अध्यक्षका लागि राम सी पोखरेल र गौरी जोशीले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष डा केशव पौडेलपनि पुन दोहोर्याउने पक्षमा छन् । वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल र उपाध्यक्ष रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अन्य पदहरुमा पनि विभिन्न आंकाक्षीहरुले आफू उठ्ने सोसल मिडिया मार्फत जानकारी दिइरहेका छन् । निर्वाचन समितिले निर्वाचन कार्यक्रम अहिलेसम्म सार्वजनिक गरेको छैन । तर, २ महिना पछि मे महिनामा चुनाव हुने बताइएको छ । 
 
नेपाली समुदायको सङ्ख्या करिब ५० हजार रहेको वताईने न्युयोर्कबाट सदस्य वन्नेको सङ्ख्या जम्मा ७३ मात्र छ । यस्तै नेपालीको ठुलो समुदाय रहेको टेक्ससमा पनि यस्तै जम्मा ७३ जनाले मात्र सदस्य भएको देखिन्छ । अर्को नेपालीहरूको धेरै बस्ती रहेको सहरमा पर्ने कोलोरोडोमा भने जम्मा २५ जना सदस्य छन् । सदस्य सङ्ख्या न्यून भएपछि एनआरएन अमेरिकाले विभिन्न राज्यमा सदस्यता विस्तार अभियान सुरु गर्ने जनाएको छ । एनआरएन च्याप्टरको संयोजनमा सदस्यता विस्तार अभियान चलाइने बताइएको छ । 
 
निर्वाचनको माहौल तातिरहेकाले सदस्य बन्ने क्रम आउने दिनमा ह्वात्तै बढ्ने एनआरएनका पदाधिकारीहरू बताउँछन् । अव केही दिनमा ह्वात्तै वढ्छ र यो १० हजार भन्दा कम हुदैंन् एक पदाधिकारीले हिमालयखवरलाई भने ।
 
अन्तिम समयमा बन्ने सदस्यको छानविन कसरी गर्ने यो सबैभन्दा ठुलो चुनौती हो । भोटका लागि विभिन्न नाममा सदस्यता बनाइएको वर्तमान कार्यसमितिलाई आरोप छ ।  एनआरएन अमेरिकाले केही साता अघि साधारण सभामा सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा नेपालीको सङ्ख्या करिब २ लाख ५० हजार रहेको उल्लेख छ । 
 
अमेरिकाको जनगणनामा नेपालीको सङ्ख्या करिब ७० हजार रहेको तथ्याङ्क छ । मेरिल्याण्डमा मात्र १३ हजार भन्दा बढी नेपाली बसोबास गर्ने जनगणनामा देखिएको थियो ।