मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कुलतमा परेका युवालाई सही बाटो देखाऔँ : सभापति देउवा

कुलतमा परेका युवालाई सही बाटो देखाऔँ : सभापति देउवा


वीरगन्ज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर २०७३ सरिक भएका छन् ।
 
पतञ्जली योगपीठ नेपालद्वारा आयोजित शिविरमा मन्तव्य व्यक्त गर्दै नेता देउवाले नसालु पदार्थको कुलतमा परेका युवा पुस्तालाई सही बाटामा डो¥याउन विश्वव्यापी रुपमा अभियान सञ्चालन गर्न आवश्यक रहेकामा जोड दिए । 
 
उनले नसाको कुलतमा परेका युवाको परिवारले भोग्नुपरेको पीडा र त्यसकारण समाजले खेप्नुपरेका नोक्सानलाई रोक्नुपर्ने बताए । 
 
शिविरमा सहभागीलाई योगबारे प्रशिक्षण दिँदै योगगुरु स्वामी रामदेवले कुलतमा परेका युवालाई परिवार, समाज र राष्ट्रप्रति जिम्मवार बनाउन योग अभियान चलाइरहेको जानकारी दिए । उनले देश–विदेश जहाँ भएपछि आफू, नसामुक्त समाज, राष्ट्र र विश्व हुनुपर्ने अभियानलाई अगाडि बढाउँदै हिँडेको बताउँदै  कुलतमा परेका युवालाई सही बाटोमा  ल्याउन योग अभ्यास सही बाटो भएको जानकारी दिए । 
 
बिहान ४ः४५ बजेदेखि सुरु भएको आजको योग शिविरमा सिँचाइमन्त्री दीपक गिरी, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत उच्चपदस्थ अधिकारीको सहभागिता थियो । यही मङ्सिर ९ गतेदेखि सुरु भएको  शिविर सोमबारसम्म सञ्चालन हुने छ । 

शेयर गर्नुहोस:

0
Shares