चितवन । पूर्वी चितवनको गामबेँसीको चेपाङ संरक्षण केन्द्र रत्ननगर–१२, मंगलपुरका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले केन्द्रमा आवासीय सुविधासहित अध्ययनरत चेपाङ बालबालिकाका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको हो ।
-

- चेपाङ संरक्षण केन्द्रका बालबालिका ।
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल र सल्लाहकार गौरी जोशीले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा केन्द्रका सल्लाहकार डा ढुण्डिराज पौडेलले नेपालमा चेपाङलाई भजाएर खाने संस्था वृद्धि हुँदै गएकाले उनीहरुका लागि माछा होइन माछा मार्ने जाल दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले केन्द्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई आफू शिक्षित भएर सिंगो चेपाङ समुदायलाई परिवर्तन गर्न आग्रह गर्नुभयो । आफ्ना अभिभावकलाई आश्रित होइन, परिश्रमी र स्वावलम्बी बन्न प्रोत्साहित गर्नुपर्नेमा उहाँको जोड थियो ।
-

- एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले केन्द्रका विद्यार्थीहरुलाई दियोेको प्रकाशका रुपमा काम गर्न र परिवर्तनको बाहक भई चेपाङहरुको उन्नतिमा लाग्न उत्प्रेरणा दिनुभयो ।
यस्तै सल्लाहकार जोशीले एनआरएन अमेरिकाले नेपालमा अझै धेरै सामाजिक कार्य गर्न लागेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक कार्यमा सहयोग पु¥याउने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ समाजसेवी तीर्थराज न्यौपाने, जनक पौडेल, हिमालय खबर अमेरिकाका सम्पादक विकासराज न्यौपाने लगायतको उपस्थिति थियो ।
कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकार गौरी जोशीले सहयोग सामग्रीको संयोजन गर्नुभएको थियो । चितवनको रत्ननगरमा घर भएका सहयोगी मनका धनी जोशी अमेरिकाका प्रसिद्ध र सफल व्यवसायी हुनुहुन्छ । परोपकारी भावनाका कारण उहाँकोे नाम एनआरएन अमेरिकाका भावी अध्यक्षका रुपमा लिन थालिएको छ । फोटो: शेखर धरेल












प्रतिक्रिया