मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चेपाङ संरक्षण केन्द्रलाई एनआरएन–अमेरिकाको सहयोग (फोटो-फिचरसहित)

चेपाङ संरक्षण केन्द्रलाई एनआरएन–अमेरिकाको सहयोग (फोटो-फिचरसहित)


चितवन । पूर्वी चितवनको गामबेँसीको चेपाङ संरक्षण केन्द्र रत्ननगर–१२, मंगलपुरका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरिएको छ ।

 

Advertisement

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले केन्द्रमा आवासीय सुविधासहित अध्ययनरत चेपाङ बालबालिकाका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको हो ।

चेपाङ संरक्षण केन्द्रका बालबालिका ।
चेपाङ संरक्षण केन्द्रका बालबालिका ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल र सल्लाहकार गौरी जोशीले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो । 

 

कार्यक्रममा केन्द्रका सल्लाहकार डा ढुण्डिराज पौडेलले नेपालमा चेपाङलाई भजाएर खाने संस्था वृद्धि हुँदै गएकाले उनीहरुका लागि माछा होइन माछा मार्ने जाल दिनुपर्नेमा जोड दिनुभयो ।chepang

उहाँले केन्द्रमा अध्ययनरत चेपाङ विद्यार्थीहरुलाई आफू शिक्षित भएर सिंगो चेपाङ समुदायलाई परिवर्तन गर्न आग्रह गर्नुभयो । आफ्ना अभिभावकलाई आश्रित होइन, परिश्रमी र स्वावलम्बी बन्न प्रोत्साहित गर्नुपर्नेमा उहाँको जोड थियो ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल
एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले केन्द्रका विद्यार्थीहरुलाई दियोेको प्रकाशका रुपमा काम गर्न र परिवर्तनको बाहक भई चेपाङहरुको उन्नतिमा लाग्न उत्प्रेरणा दिनुभयो ।chepang-lead1यस्तै सल्लाहकार जोशीले एनआरएन अमेरिकाले नेपालमा अझै धेरै सामाजिक कार्य गर्न लागेको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पनि सामाजिक कार्यमा सहयोग पु¥याउने अवसर प्रदान गर्न आग्रह गर्नुभयो ।

 

कार्यक्रममा वरिष्ठ समाजसेवी तीर्थराज न्यौपाने, जनक पौडेल, हिमालय खबर अमेरिकाका सम्पादक विकासराज न्यौपाने लगायतको उपस्थिति थियो ।

chepang-6कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकार गौरी जोशीले सहयोग सामग्रीको संयोजन गर्नुभएको थियो । चितवनको रत्ननगरमा घर भएका सहयोगी मनका धनी जोशी अमेरिकाका प्रसिद्ध र सफल व्यवसायी हुनुहुन्छ । परोपकारी भावनाका कारण उहाँकोे नाम एनआरएन अमेरिकाका भावी अध्यक्षका रुपमा लिन थालिएको छ । फोटो: शेखर धरेल 

शेयर गर्नुहोस:

0
Shares