कपिलवस्तु । कपिलवस्तुमा नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–७ मोतिनगरका चन्द्रराम ठाकुरको १८ वर्षीय छोरा सुनिल ठाकुरको सुरही नदीमा डुबेर मृत्यु भएको हो ।
बुधबार मोतीनगरमा तिहारको अवसरमा स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गर्न सुरही नदीमा गएका सुनिलको पौडिन नसकेकाले ज्यान गएको हो । अत्यधिक पानी खाएको हुनाले उनको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
ठाकुरलाई बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालमा औषधि गराउने क्रममा राति नै मृत्यु भएको मृतकका बुबा चन्द्रराम ठाकुरले जानकारी दिए ।







प्रतिक्रिया