हिमालय खबर, बाल्टिमोर। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको (एनआरएन अमेरिका) बाल्टिमोर भेला तथा टाउनहल मिटिङमा नेपाली समुदायका समस्या, हक हित चुनौतीबारे छलफल हुने भएको छ । शनिबार दिउँसो हुने उक्त भेलामा वासिंग्टन डीसी स्थित नेपाली राजदुत डा. अर्जुन कार्की लगायत दुतावासका पदाधिकारीको सहभागिता हुनेछ ।
एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल शुक्रबार बाल्टिमोर आइपुगेका छन् । अन्य कार्यसमति सदस्य पनि आउने क्रम जारी छ । निर्वाचनमा धाँधली भएको विषयमा उठेको विवादले सहभागी हुने विषयमा केही अन्यौलता सिर्जना भएको थियो । दुतावासलाई समेत बैठकमा सहभागि नहुन केहीले इमेल पनि गरेका थिए । तर प्रजातान्त्रिक प्रणाली अनुसार निर्वाचन भएकाले व्यक्ति भन्दा संस्थाको मान्यता अनुसार सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ । भेलालाई राजदुत कार्कीले पनि संबोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया