मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएन बाल्टिमोर भेलामा राजदुतले सम्बोधन गर्ने

एनआरएन बाल्टिमोर भेलामा राजदुतले सम्बोधन गर्ने


हिमालय खबर, बाल्टिमोर। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको (एनआरएन अमेरिका) बाल्टिमोर भेला तथा टाउनहल मिटिङमा नेपाली समुदायका समस्या, हक हित चुनौतीबारे छलफल हुने भएको छ । शनिबार दिउँसो हुने उक्त भेलामा वासिंग्टन डीसी स्थित नेपाली राजदुत डा. अर्जुन कार्की लगायत दुतावासका पदाधिकारीको सहभागिता हुनेछ ।
 
 एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल शुक्रबार बाल्टिमोर आइपुगेका छन् । अन्य कार्यसमति सदस्य पनि आउने क्रम जारी छ । निर्वाचनमा धाँधली भएको विषयमा उठेको विवादले सहभागी हुने विषयमा केही अन्यौलता सिर्जना भएको थियो । दुतावासलाई समेत बैठकमा सहभागि नहुन केहीले इमेल पनि गरेका थिए । तर प्रजातान्त्रिक प्रणाली अनुसार निर्वाचन भएकाले व्यक्ति भन्दा संस्थाको मान्यता अनुसार सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ । भेलालाई राजदुत कार्कीले पनि संबोधन गर्ने कार्यक्रम रहेको छ ।