राजनीति-समाज

लायन्स क्लब अफ क्विन्स बुद्ध न्युयोर्कमा बुद्ध पौडेल

लायन्स क्लब अफ क्विन्स बुद्ध न्युयोर्कमा बुद्ध पौडेल


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

न्युयोर्क । सामाजिक सेवामार्फत अमेरिका तथा नेपालमा सेवा दिँदै आएको लायन्स क्लब अफ क्विन्स न्युयोर्कमा नयाँ नेतृत्व स्थापना भएको छ । क्लबको ११ औँ पदस्थापना दिवसमा बुद्ध पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको हो । कार्यक्रम अगष्ट २ मा न्युयोर्कको ज्याक्सन मार्केटमा भएको थियो । पदस्थापना कार्यक्रममा लायन्स क्लबका जिल्ला गभर्नरहरुको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बुद्ध पौडेललाई लायन्स क्लबको परम्पराअनुसार पद तथा गोपनीयताको सपथ खुवाइएको थियो । कार्यक्रममा पूर्वअध्यक्ष एवं निवर्तमान रिजन चेयर दिपकराज घिमिरेले कार्यकाल अवधिभर लायन्स क्लबको तर्फबाट भएका कार्यहरुको प्रतिवेदन पेस गरेका थिए । त्यसैगरी पदस्थापना कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिका, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछानेले आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा नवनिर्वाचित अध्यक्षलाई बधाई दिँदै एनआरएनए न्ययोर्क च्याप्टरले लायन्स क्लबसँग सधैँ सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

Advertisement

कार्यक्रममा सामाजिक अभियन्तामा तथा लायन कृष्ण आचार्य, निवर्तमान अध्यक्ष सोनु मल्ल, कोषाध्यक्ष लायन चन्द्र नेपाली, लायनहरु रिमाया नेपाली, अर्जुन गौडेल, विक्की पुलामी मगर, पुरुषोत्तम पन्थी र पूर्ण पाइजा मगर लगायतको योगदानको सम्मान गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लबमा आबद्ध किशोरकिशोरी तथा विद्यार्थीहरुलाई सम्मानस्वरुप कदरपत्र दिइएको थियो ।

यस्तै, क्लबका नवनिर्वाचित अध्यक्ष बुद्ध पौडेलले पदस्थापना कार्यक्रमलाई सफल पार्न खटिने सबैलाई धन्यवाद दिएका छन् । एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पौडेलले गौरवशाली क्लबको पदस्थापन कार्यक्रममा अमूल्य समय निकालेर सफल बनाउन खटिनेप्रति आभार व्यक्त गरेका हुन् ।

पौडेलले विज्ञप्तिमा कार्यक्रममा उपस्थित संघसंस्थाका प्रतिनिधिहरु, सामाजिक अभियन्ताहरु तथा विद्यार्थी एवं स्वयंसेवकहरुप्रति हार्दिक आभार व्यक्त गर्दैै लायन्स क्लबको अभियान अझै व्यापक र प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।