राजनीति-समाज

भोटेकोशी बाढीप्रभावितको सहयोगार्थ न्युयोर्कमा पुस्तक मेला

भोटेकोशी बाढीप्रभावितको सहयोगार्थ न्युयोर्कमा पुस्तक मेला


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

न्युयोर्क, अमेरिका । रसुवाको भोटेकोशी बाढीपीडितका सहयोगको लागि न्युयोर्कमा पुस्तक मेला आयोजना गरिएको छ ।

‘बुक्स फर फ्लड भिक्टिम्स, स्टोरिज द्याट गिभ होप’ नाम दिइएको पुस्तक मेलामा एक हजार पाँच सय दुई डलर अर्थात नेपाली दुई लाख तीस हजार रुपैयाँ सङ्कलन भएको आयोजक तथा लेखक पासाङ नुरु शेर्पाले जानकारी दिए ।

Advertisement

नोभेम्बर १३ आइतबारका दिन भएको पुस्तक मेलामा सहभागीहरुले विभिन्न पुस्तकहरु खरिद गरी नेपालका बाढीपीडितलाई सहयोगको लागि योगदान गरेका थिए । मेलाको आयोजना लेखकद्वय पासाङ नुरु शेर्पा र प्रतीक्षा थकालीले गरेका थिए भने अनेसास न्युयोर्क च्याप्टर तथा स्थानीय सञ्चार माध्यमले सहआयोजको भूमिका निभाएका थिए ।

कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय क्षेत्रका लेखक, साहित्यकार र साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो । विभिन्न लेखकका पुस्तकहरू लेखक स्वयंको उपस्थितिमा बिक्री गरिएको थियो । साहित्यलाई मानवीय सेवासँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरूले पुस्तक खरिद गर्दै बाढीपीडित परिवारहरूको सहयोग अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा लेखक, साहित्यकार, पत्रकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा साहित्यप्रेमीहरूको सहभागिताले कार्यक्रमलाई विशेष र अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ । परम्परागत र औपचारिक कार्यक्रमभन्दा केही फरक शैलीमा आयोजना गरिएको कार्यक्रममा लेखक, पाठक र समुदायबीच प्रत्यक्ष संवाद, पुस्तक परिचय तथा मानवीय सहयोगको भावनालाई केन्द्रमा राखिएको थियो ।

कार्यक्रममा पुस्तक बिक्रीबाट सङ्कलित सम्पूर्ण रकम नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरी बाढीपीडित परिवारहरूको सहयोगार्थ प्रदान गरिने जनाइएको छ । रकम जम्मा गरिएपछि त्यससम्बन्धी विस्तृत विवरणसमेत पारदर्शीरूपमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि आफ्ना पुस्तकहरू उपलब्ध गराउनने लेखक तथा साहित्यकार, पुस्तक खरिद गरी सहयोग गर्ने पाठक, कार्यक्रममा उपस्थित अतिथि, संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा सञ्चारकर्मी, स्वयंसेवक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आयोजकको तर्फबाट आभार व्यक्त गरिएको छ ।