न्युयोर्क

बाढीबाट ज्यान गुमाउनेहरुको सम्झनामा न्युयोर्कमा दिप प्रज्वलन

बाढीबाट ज्यान गुमाउनेहरुको सम्झनामा न्युयोर्कमा दिप प्रज्वलन

सहयोग सिधै सरकारी कोषमा गर्न आग्रह


न्युयोर्क- भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरुको सम्झनामा न्युयोर्कमा दिप प्रज्वलन तथा श्रद्धान्जली कार्यक्रम गरिएको छ । विहिवार न्युयोर्ककोे ज्याक्सन हाइट्समा भएको कार्यक्रममा सयौ नेपालीहरु उपश्थित भएर मातृभुमि नेपालमा हालै आएको महा विनाशकारी बाढीबाट प्र्रभावितहरुको पक्षमा ऐक्यबद्धता जनाएका थिए । बाढीका कारण ज्यान गुमाएकाहरुको आन्त्माको शान्ति र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरियो ।

विदेशमा रहेपनि नेपाललाई परेको पीडामा साथ रहेको जनाउदै नेपालीहरुले दिप प्रज्वलन गरी मातृभुृमिको पिडामा ऐक्यबद्धता जनाएका थिए । न्युयोेर्कमा रहेका विभिन्न संंघसंस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिमा सहयोग गर्र्दा एकद्धार प्रणाली अपनाउन आव्हान गरिएको थियो ।

Advertisement

कार्यक्रमम एनआरएन अमेरिकाका अध्यक्ष सत्येन्द्र शाह, सचिव लक्ष्मी थापा नेपाल आदिवासी जनजाती महासंघ, फिप्नाका अध्यक्ष एपी लामा शेर्पा, महासचिव सुमन लिम्बु, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष, मुनिन्द्र नेम्वाङ, निवर्तमान अध्यक्ष आनन्द बिष्ट, एनआरएनए न्युयोर्कका अध्यक्ष बासु लामिछाने, नेपाली जनसम्पर्क समिति न्युयोर्कका अध्यक्ष दिनेश भण्डारी लगायतका अगुवाहरुको उपश्थिती रहेको थियोख। कायःक्रमका बक्ताहरुले मातृभुमि नेपामा परेको विपत्तिमा विदेशमा रहेका नेपालीले संर्धै सहयोग गरेको र यसपालीपनि सहयोग गर्न तत्पर रहेको र सबैलाई दिल खोलेर सहयोग गर्न अव्वहान गर्नुभयो । शाहले सहयोेग एकद्धार प्रणालीबाट गर्नुपनेृमा जोड दिनु भयो ।

यसैगरी एनाआरएनए अमुेरिकाका सचिव लक्ष्मी थापाले यस्तो विपत्तीमा सबैले जात धर्म तथा सम्प्रदाय नभै मानवीयता हेरेर सहयोग गर्नुपर्ने बताउनु भयोख । कार्यक्रममा फिप्नाका अध्यक्ष एपी लामा शेर्पा, नेपाली जनसम्पर्क समिति, न्युयोर्कका अध्यक्ष, दिनेश भण्डारी, समाजसेवी देवकी पन्त, कृष्ण लामिछाने लगायतले आफ्नोे धारण राख्दै मृतकहरुको आत्माको कामना तथा घाइतेको शिघ्र स्वास्थ्यलाभकोे कामना गरेका थिए ।

भदौ दश गते रसुवाको भोेटेकोशीमा आएको विनाकारी बाढीले सर्यौ मान्छेहरुको ज्यान गएको छ भने हजारौ वेपत्ता रहेका छन । देश विदेशबाट सहयोेग जुुट्ने क्रम जारी छ भने उद्धार कार्यमापनि धेरै मानिसहरु निरन्तर खटेका छन ।