अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) अध्यक्षहरुको भेलाले परराष्ट्र मन्त्रालयविरुद्ध अदालतमा दायर मुद्दाप्रति कडा आपत्ति जनाएको छ ।
एकपक्षीय रुपमा नेपाल सरकारविरुद्ध मुदा हाल्नु दुर्भाग्यपूर्ण र एनआरएनएको हितविपरीत रहेको ठहर भेलाले गरेको छ । भेलाले निर्वाचन कार्यक्रम प्रकाशन गर्नु अदालतको मानहानी भएको बताउँदै यसलाई संरक्षण परिषद्को सहमतिविना हुने चुनावलाई इन्कार गर्ने भएको छ ।
बुधबार भर्चुअल प्रविधिमार्फत भएको उक्त भेलामा अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत ३३ देशका एनआरएनए एनसिसी अध्यक्ष सहभागी भएको बताइएको छ । अध्यक्ष र एनसिसी पदाधिकारीसहित ४५ देशबाट प्रतिनिधित्व भएको बताइएको छ ।
कार्यक्रममा एनआरएनएका दुई जना उपाध्यक्ष, चार जना केन्द्रीय सल्लाहकार, आइसिसी प्रतिनिधिहरुलयायतले आफ्नो धारणा राखेका थिए । सबैको धारणा सुनेपछि उक्त निष्कर्षहरु निकालिएको हो ।
भेलाले देशका प्रधानमन्त्री, परराष्ट्र मन्त्रालय, संस्थाका प्रमुख संरक्षक, उनकी धर्मपत्नीविरुद्ध अध्यक्ष कुमार पन्तले हालै दिएका अभिव्यक्तिले संस्थाको मर्यादा घटाएको निष्कर्ष पनि निकालेको छ ।
एनआरएनएमा विवाद बढ्दै गएको भेला एनसिसी पदाधिकारीहरुको भेला भएको हो । यो दोस्रो भेला हो । यो भेलालाई एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले संयोजन गरेका थिए ।
अध्यक्ष पन्तले यस्तो भेला नगर्न र गरेमा कारबाहीको चेतावनीसमेत दिएका थिए । भेला नै गर्न पाउँदैनौँ भन्नु हास्यास्पद भएको टिप्पणी हुँदै आएको छ । उक्त भेलाले संघको इतिहासकै कठिन मोडमा रहेको भन्दै अहिलेको संकटलाई निकास दिन संरक्षक परिषद्लाई सहयोग गर्न एनसिसी तयार रहेको निष्कर्ष पनि निकालेको छ ।
संकटको निकासका लागि अध्यक्ष पन्त र प्रमुख संरक्षक शेष घलेले सहकार्य गरी डेलिगेट्ससम्बन्धी विवाद समाधान गरी सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अघि बढाउन पनि भेलाले सुझाव दिएको छ ।






प्रतिक्रिया