मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा थप ५० हजार सङ्क्रमित, ९७ प्रतिशत सङ्क्रमणमुक्त

भारतमा थप ५० हजार सङ्क्रमित, ९७ प्रतिशत सङ्क्रमणमुक्त


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारमा झरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ४० जना नयाँ सङ्क्रमित थपिएका छन् ।  
 
योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको छ । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो ४५ दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । 
 
भारतमा पछिल्लो एक दिनमा ५७ हजार ९४४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीहरुले भारतमा अहिले पाँच लाख ८६ हजार ४०३ जना अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । यो सङ्ख्या पनि घट्दै गएको देखिएको छ । 
भारतमा कुल सङ्क्रमित मध्ये ९६.७५ प्रतिशत मानिस कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको तथ्याङ्क छ । 
 
कुल सङ्क्रमितमध्ये अहिलेसम्म कुल दुई करोड ९२ लाख ५१ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये तीन लाख ९५ हजार ७५१ जनाको मृृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये १.९४ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामा रहेका छन् । 
 
भारतमा अहिलेसम्म ३२ करोड १७ लाख मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । तीमध्ये ६४ लाख २५ हजार खोप शनिबार एक दिनमा मात्रै लगाइएको हो । एएनआई

शेयर गर्नुहोस:

0
Shares