मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   
मुख्य समाचार   

गायक प्रमोद खरेलको गीत ‘लै लै लै’ सार्वजनिक

गायक प्रमोद खरेलको गीत ‘लै लै लै’ सार्वजनिक


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गायक प्रमोद खरेलले लामो समयपश्चात् डान्सिङ नम्बरको गीत ल्याएका छन् । उनले आफ्नो ‘प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्ड कन्सर्टका लागि नेपाल टुरमा निस्किनुअघि सोमबार नयाँ गीत ‘लै लै लै’ सार्वजनिक गरेका हुन् ।

गीतको शब्द तथा सङ्गीत कृष्ण केसी र एरेन्ज योगेश काजीले गरेका हुन् । भिडियोमा पल शाह र जुना विश्वकर्मा फिचर्ड भएका छन् भने प्रमोदको स्पेशल अपिरियन्स देख्न पाइन्छ । गीतमा आफूले मन पराएकी युवतीको खुलेर बयान गरिएको छ । गीतका टुक्का भिडियो सार्वजनिकअघि नै टिकटकमा चर्चित भैसकेका छन् ।

प्रमोदले ‘ओए… झुमा झुम्कावाली’, ‘यो कुरा गोप्य’पछि डान्सिङ नम्बरको गीत ल्याएका थिएनन् । ‘लै लै लै’ सार्वजनिक भएसँगै हिमालयखबरसँग उनले भने, ‘अन्य गीतहरू आइरहे पनि यो प्याटनका गीत धेरै ग्याप भएको थियो । कन्सर्टमा जाँदा अडियन्सबाट पनि त्यो खालको कुनै नयाँ गीत सुन्न पाए भन्ने फिडब्याक पाउँथेँ।’

आफूले स्रोता र दर्शकको सुझावको आधारमा पनि काम गर्दै आएको र ‘लै लै लै’ त्यस्तै एउटा गीत भएको उनले बताए । उनले गीतले माया पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रस्तुत गीतको भिडियो निर्देशन शान थापाले गरेका छन् । यसमा रोशन विश्वकर्माको कोरियोग्राफी, अर्जुन तिवारीको छायाङ्कन र विवेक सुनारले सम्पादन गरेका छन् ।

गायक प्रमोद पछिल्लो समय आफ्नो ब्यान्डसँग कन्सर्टमा व्यस्त बनिरहेका छन् । ‘प्रमोद खरेल एण्ड परम्परा’ ब्याण्डले भ्यालेन्टाइनमा चितवनको सौराहामा कन्सर्ट गर्दैछ ।

शेयर गर्नुहोस:

1.6k
Shares