मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   
मनोरञ्जन   
मुख्य समाचार   

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ : मन्त्री गुरूङ

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ : मन्त्री गुरूङ

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताएका छन् ।

‘आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उनले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री गुरूङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालयले पछिल्लो छ महिनामा विभिन्न महत्त्वपूर्ण पहल अघि सारेको बताए ।

उनले भने,“विसं २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढाइएको छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने दिशामा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिएको छु ।”

मन्त्री गुरूङले चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्न बक्सअफिस प्रणालीलाई पारदर्शीरूपमा कार्यान्वयन गर्न केही महिनाभित्रै निर्माताहरूले चलचित्रको व्यापारिक रिपोर्ट आफ्नै मोबाइल वा कम्प्युटरमा पाउने बताए ।

“चलचित्र क्षेत्रलाई प्रविधिसँग एकीकृत गर्दै निर्माण अनुमतिदेखि सेन्सरसम्मका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सहज र पारदर्शीरूपमा उपलब्ध गराउने तयारी भइरहेको छ किनकि नेपाली चलचित्र हाम्रो कला, सस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनिसकेको छ”, उनले भने ।

मन्त्री गुरूङले समाजको दर्पण, संस्कृतिको संवाहक र आर्थिक सामाजिक समृद्धिको आधारका रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत संरचना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पुर्‍याउन सरकार सधैँ प्रतिबद्ध रहेको बताए।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा यही चैत ७ गतेदेखि सुरू भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तर्क्रियालगायत कार्यक्रम भएका थिए ।