मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ९२७१ जनामा कोरोना पुष्टि, एकैदिन १३९ जनाको निधन

नेपालमा थप ९२७१ जनामा कोरोना पुष्टि, एकैदिन १३९ जनाको निधन


काठमाडौँ । नेपालमा सोमबार थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १७ हजार ६२३ जनाको पिसिआर परीक्षणका क्रममा ९११७ जना र एन्टिजोन परीक्षणमा ७८८ गरी ९२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 
यस्तै, नेपालमा थप १३९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयको भनाइ छ । यसैबीच, आइतबार ८८ जनाको मृत्यु भएको थियो । नेपालमा पछिल्लो समय दोस्रो भेरियन्टको कोरोना संक्रमण व्यापक भएसँग मृत्यु हुनेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३८५९ पुगेको छ । 
 
यसैगरी, पछिल्लो चौबीसघन्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७५. ९८ प्रतिशत अर्थात् ३ लाख ६ हजार ७९४ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६७१५ जना संस्थागत आइसोलेसन र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, आइसियूमा उपचाररत ९१० जना र २९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ४२७ जना रहेका छन् । ु
 
यसैबीच, काठमाडौँ उपत्यकामा ३६०७ जना कोरोना संक्रमित थपिएकोमा काठमाडौँका २७७५, ललितपुरका ५०५ र भक्तपुरका ३२७ जना रहेका छन् ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देहीमा ५३०, कास्कीमा ४७३, मोरङमा ३९९, कञ्चनपुरमा ३९५, चितवनमा ३९२, कैलालीमा ३४०, बाँकेमा २९५, दाङमा २४६ तथा मकवानपुरमा २३८ जना संक्रमित थपिएका छन् । यस्तै, झापामा १५४, पर्सामा १४४, धनुषामा १४४, काभ्रेमा १२७, कपिलवस्तुमा ११५ तथा पाल्पामा १०८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

शेयर गर्नुहोस:

189
Shares