अमेरिकाबाट नेपाल जाने योजना तयार भएसँगै मुस्ताङ घुम्न जाने पनि तय भैसकेको थियो हाम्रो । सैनिक भाइ (नेपाली सेना) कृपा तामाङको सौहार्द आमन्त्रणले पनि हामी दुबै थप उत्साहित भएका थियौं । बिसौं वर्षपछि एकाएक दबेका रहरहरु आकासिए । जोमसोमको यात्रा भन्ने वित्तिक्कै मन ढक्क फूल्ने रहेछ । एउटा विकट र असहज यात्रा ! " जोमसोमे…