सान्टियागो : घरेलु टोली चिलीले दक्षिण अमेरिकाको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। बिहीबार राति भएको खेलमा चिलीले इक्वेडरलाई २-० गोलले हरायो। चिलीको जितमा अर्तुरो भिदाल र एडुवार्डो भर्गासले गोल गरे। प्रतिस्पर्धात्मक खेलमा चिलीले पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। इक्वेडरका मिलर बोलानोसले भिदाललाई डीबक्सभित्र लडाएपछि चिलीले पेनाल्टी प्रहारको अवसर पाएको थियो।…