मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

एकदिवसीय क्रिकेट जितको खुसीसँगै नेपाली क्रिकेट टिम स्वदेश फिर्ता

एकदिवसीय क्रिकेट जितको खुसीसँगै नेपाली क्रिकेट टिम स्वदेश फिर्ता


काठमाडौँ । नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम स्वदेश फिर्ता भएको छ । 
 
टिम नेपाल सोमबार बिहान काठमाडौं आइपुगेको हो । नेदरल्यान्ड्ससँग ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलको थियो । जसमा नेपालले नेदरल्यान्ड्ससँग सिरिज १–१ को बराबरीमा टुंग्याएको थियो ।
 
पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले अन्तिम तथा दोस्रो खेलमा १ रनको सनसनीपूर्ण जित निकालेको थियो । नेपालले नेदरल्यान्ड्ससँग एक दिवसीय क्रिकेट सिरिज खेल्नुभन्दा अघि नेदरल्यान्ड्स र एमसीसीसँग इंग्ल्यान्डमा त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेलेको थियो ।
 
नेपाली टिमका कप्तान पारस खड्काले त्रिभूवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पहिलो एकदिवसीय क्रिकेट नेपालको लागि ऐतिहासिक भएको उल्लेख गरे । 
 
उनले आगामी दिनमा नेपालले धेरै खेल्न बाँकी रहेको बताउँदै अझै पनि सोचेअनुसारको खेल खेल्न नसकेको प्रतिक्रिया दिए । “पहिलो ओडीआई ऐतिहासिक भयो,” उनले भने, “आगामी दिनमा नेपालले धेरै म्याच खेल्नेछ । आफ्नो देशको लागि खेल्दा हरेकपल्ट देशलाई जिताउने प्रयास भइरहेको हुन्छ ।तर खेलमा कहिले जित र कहिले हार त अवश्य हुन्छ ।”
 
उनले अब आफूहरुको ध्यान एसिया कप छनोटमा केन्द्रित हुने पनि बताए । “महत्वपूर्ण खेलमा जित हासिल गर्यौं । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा हामी चुक्न पुगेका थियौं । यही महिनामा एसिया कपको छनोट खेल हुँदैछ । अब हाम्रो ध्यान त्यता केन्द्रित हुनेछ,” कप्तान पारसले भने ।