मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

नेपालको दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित


काठमाडौँ । मलेसियामा जारी एशिया कप क्रिकेट छनौट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । 
 
प्रतियोगिता अन्तरगत चौथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गर्‍यो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो ।
 
नेपालका आरिफ शेखले पहिलो बलमै चौका प्रहार गर्दै नेपाललाई जित दिलाए । यस्तै नेपालका ओपनर अनिल शाहले ४३, दीपेन्द्र सिंह ऐरीले ३३, ज्ञानेन्द्र मल्ले २९ रनको योगदान दिए । 
आज कप्तान पारस खड्का फेरी चलेनन् । उनी ११ बलमा ११ रन बनाउँदै आउट हुन पुगे । यस्तै सागर पुनले १५ बलमा १४ रन बनाए । उता ओपनर सुवास खकुरेल भने ३८ बल खेलेर मात्र १४ रन बनाएर आउट भए ।
 
यसअघि मलेसियाको युकेएम ओभलमा भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको सिंगापुरले ४२ ओभमा सबै विकेट गुमाउँदै १५१ रन जोड्न सक्यो । उसका लागि चेतन रामचन्द्र सूर्यवंशीले ६० रनको अर्धशतकिय पारी खेले भने अनिश इडवार्डले ३१ रन जोडे । यी दुईले ८० रनको साझेदारी गरे ।
 
नेपालका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान ३र३ विकेट लिए भने सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । ४ खेलमा दुई जित हात पारेको नेपाल लिगको चौथो स्थानमा रहेको छ । एजेन्सी a