हाइटीलाई पाखा लगाउदै स्कटल्याण्डले विश्वकपको सुखद यात्रा सुरु गर्यो

अमेरिका, बोस्टन। फिफा वरीयतामा ४२औं स्थानमा रहेको स्कटल्याण्डले ८३औं स्थानमा रहेको हाइटीलाई पराजित गर्दै फिफा विश्वकपको सुखद यात्रा सुरु गरेको छ। जुन १३,२०२६ शनिबार म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा सम्पन्न समूह चरणको पहिलो खेलमा स्कटल्याण्डले हाइटीलाई १-० गोल अन्तरले पाखा लगाउन सफल भएको हो। सनसनीपूर्ण रोमान्चक खेलको पहिलो हाफको…