खेलकुद

अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो फिफा विश्वकप–२०२६ को उपाधि

अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो फिफा विश्वकप–२०२६ को उपाधि


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । फिफा विश्वकप–२०२६ को उपाधि स्पेनले जितेको छ । अमेरिकाको न्यू जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भएको बललाई प्रहार गर्दै जाली चुमाएका थिए ।

Advertisement

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । निर्धारित समयको अन्तिम समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो ।

स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो । स्पेनले सन् २०१० मा पछिल्लोपटक विश्वकपको उपाधि जितेको थियो । यसपटक फाइनलमा अर्जेन्टिनालाई हराउँदै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो ।

स्पेन अहिले आफ्ना पछिल्ला ३८ खेलहरुमा अपराजित रहेको छ । जसमा २९ जित र ९ बराबरी भएका छन् । यो कुनै पनि युरोपेली टोलीले बनाएको इतिहासकै सबैभन्दा लामो अपराजित यात्रा हो ।