काठमाडौँ । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।
जापानको नागोया सहरको करिया हलमा सम्पन्न ‘हिट किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महाससंघ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन् । प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् ।
दोस्रो राउव्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए । हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी २१ खेलमा विजयी भएका छन् भने २० मा नकआउट गर्दै जित निकाल्न सफल भएका छन् । नेपालको गौरव, नेपालको साहस र नेपाली सानलाई किक बक्सिङ खेलमार्फत् अन्तर्राष्ट्रिय जगतमा पुर्याउन घिमिरे दत्तचित्त छन् ।
जितपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाउका छन् ।












प्रतिक्रिया