बोस्टन स्टेडियममा मोरक्कोको चमत्कारीक गोल निर्णायक बन्दा, स्कटल्याण्ड हार व्यहोर्न बाध्य

अमेरिका, बोस्टन, म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियममा आज भएको विश्वकप फुटबल महासङ्ग्राममा मरोक्को र स्कटल्याण्ड आमनेसामने भएका थिए। दर्शकहरुले खचाखच भरिएको स्टेडियमको खेल मैदानमा दुबै टिमले एक अर्कालाई पाखा लगाएर जित सुनिश्चित गर्ने लक्ष्यका साथ होमिएका थिए। खेलको दोश्रो मिनटमा फिफा वरीयतामा छैठौं स्थामा रहेको मरोक्कोको चमत्कारीक प्रहार गोलमा परिणत हुनपुग्यो। त्यही चमत्कारीक गोल…