अमेरिका । अमेरिकाको टेक्ससमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा पुख्र्यौली घर बुटवल भई सात वर्षदेखि टेक्ससको ड्यालसमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक हासिल गरेका छन् । अमेरिकी पत्रिकाको आयोजनामा भएको प्रतियोगितामा सिंहले मिस्टर युएसए–२०२१ नेचुरल प्रो क्वालिफायर कम्पिटिसन (प्राकृतिक प्रो योग्यता प्रतियोगिता) मा दुई स्वर्ण पदक हासिल गरेका हुन् । …