मलेशियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेसियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको मलेसिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले…