काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको आफ्नै विशिष्ट र अलौकिक पहिचान छ । भगवान् शिवको प्रतीकका…