काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताएकी छन् । नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला कार्यसमितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाडौँ महानगरपालिकालाई सुव्यवस्थित गर्नका लागि आफूले नगरप्रमुख पदमा उम्मेदवारी दिएको बताइन् । “कांग्रेस पार्टीले सार्वजनिक गरेको…