काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जन हुने बताएका छन् । सिंहदरबारस्थित कानून मन्त्रालयमा पुगी द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसहितको समूहले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पीडित समुदायद्वारा दिएको सुझावहरुलाई समावेश गरी विधेयक पारित गरियोस् भन्ने ध्यानाकर्षणपत्र बुझ्दै उनले उक्त कुरा बताएका हुन् । …