मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेता खनालको जोड


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । 
 
इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताएका हुन् । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उनले अध्ययन गरेर मात्र धारणा बनाउने बताए । 
 
उनले भने, नागरिकताको सवाल भनेको नेपालको राष्ट्रिय सहमतिको सवाल हो भन्दै उहाँले अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताए । उनले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझावसमेत दिए ।
 
जनसाङ्ख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उनले एक÷दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिए । फरक प्रसङ्गमा उनले आफू सङ्घीय निर्वाचनमा इलामको निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने जानकारी दिए । 
 
अहिले बाम गठबन्धनको सम्भावना नभएको र शीर्ष नेताले बाम गठबन्धन नचाहेको उनको भनाइ थियो । नेता खनालले यसअघि स्थानीय चुनावमा पनि देशमा पाँच दलीय गठबन्धन भएको र अब पनि सोही गठबन्धनले निरन्तरता पाउने बताए । साना दलसँग छलफल भइरहेको भन्दै नेता खनालले सबैलाई समेट्ने गरी अघि बढ्ने पनि धारणा राखे । रासस