मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारतबीचको सम्बन्ध अनुपम

धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारतबीचको सम्बन्ध अनुपम


काठमाडौँ । विभिन्न राजनीतिक पार्टीका नेता एवं पूर्वमन्त्री र पूर्वराजदूतहरूले भौगोलिक निकटका साथ धार्मिक, सामाजिक र सांस्कृतिक समानताका कारण नेपाल–भारत बीचको सम्बन्ध अनुपम रहेको बताएका छन् ।  
 
छिमेकी मित्रराष्ट्र भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा नेपाल–भारत मैत्री समाजद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले समान मूल्य, मान्यता एवं रोटीबेटीका सम्बन्धका कारण नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट रहेको बताए । 
 
दुई देशका नागरिक–नागरिक बीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै उनीहरूले यस किसिमको सम्बन्धलाई अझ प्रगाढ, घनिष्ट र उपलब्धिमूलक बनाउनुपर्नेमा जोड दिए । 
 
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीहरूले पनि भाग लिएको उल्लेख गर्दै अब भारतको समृद्धि र विकासबाट नेपाल लाभान्वित हुनसक्नुपर्ने समय आएको बताए ।  
 
नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा राजन भट्टराईले दुई देशबीच रहिआएको सुमधुर र अनुकरणीय सम्बन्धलाई अझ प्रगाढ, घनिष्ट र उपलब्धिमूलक बनाउनुपर्ने धारणा व्यक्त गरे । 
 
नेपालस्थित भारतीय दूतावासका काउन्सिलर अनिल गिरीले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक र अनुपम रहेको चर्चा गर्दै यस किसिमको सम्बन्धलाई अझ थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । 
 
समाजका अध्यक्ष प्रेम लस्करीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री हिसिला यमी, जनता समाजवादी पार्टीका नेता मनिष सुमन, भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र प्रा डा लोकराज बराल, नेपाल सरकारका पूर्वमुख्यसचिव तीर्थमान शाक्य र नेपाल मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले सरकारी तहका साथ जनता–जनताको बीच सम्बन्ध अझ प्रगाढ बनाउने दायित्व नागरिक समाजको पनि रहेको बताए । 
 
भारतको ७५औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा आज काठमाडौँ, लैनचौरस्थित भारतीय दूतावाससहित नागरिक समाजका विभिन्न तह र तप्काबाट कार्यक्रम आयोजना गरिएका थिए । रासस