मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

युग सुहाउँदो विकासको मोडेल आवश्यक : अध्यक्ष प्रचण्ड

युग सुहाउँदो विकासको मोडेल आवश्यक : अध्यक्ष प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताएका छन् । 
 
कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिएका हुन् ।  
 
अध्यक्ष दाहालले देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताए । 
 
नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उनले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने उल्लेख गरे । 
 
“नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्छ”, उनले भने । 
 
नेपाल कला, साहित्य, संस्कृति, अध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए । रासस