काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले सरकार आमनागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा उनले सरकारको प्रमुख लक्ष्य नागरिकको रक्षा भएको बताएका हुन् । “मानिसको जीवन ज्यादै महत्त्वपूर्ण छ, नागरिकको रक्षाका लागि समाज र राज्यको निर्माण…