मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

निलम्बित प्रधानन्याधीश राणामाथि अर्को संसद्ले पनि छानबिन गर्न सक्ने

निलम्बित प्रधानन्याधीश राणामाथि अर्को संसद्ले पनि छानबिन गर्न सक्ने


काठमाडौँ । पूर्वन्यायाधीश फोरम नेपालले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग माथिको प्रस्ताव आगामी निर्वाचनपछि बन्ने संसद्ले पनि छानविन गर्नसक्ने बताएको छ । 
 
बुधबार आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष टोपबहादुर सिंहले अहिलेको संसद्बाट बनेको महाअभियोग सिफारिस समितिले समय अभावका कारण अन्तिम निष्कर्षमा पु¥याउन नसके आगामी निर्वाचनपछि बन्ने संसद्ले स्वामित्व ग्रहणगरी छानविन गर्नसक्ने बताए । 
 
उनले निलम्वित प्रधानन्यायाधीश राणाको महाअभियोगका सम्बन्धमा हतारमा महाअभियोग सिफारिस समितिले संसद्मा प्रतिवेदन पेस गर्नुभन्दा संवैधानिकअनुसार अर्को संसद्लाई अन्तिम छानविन गर्न दिनुपर्ने भनाइ राखे । 
 
“निलम्वित प्रधानन्यायाधीश उपर सुरु भएको महाअभियोगको कारवाही फौजदारी अभियोगको विषयवस्तु र निजको बयानबाट निजको कतिपय अभियोगमा साबित भई कसुर प्रमाणित भइरहेका अवस्थामा संविधानको धारा १०१ को उपधारा (८) बमोजिम कसुरको परिणाम र दायित्व जीवित रहने भएकाले सोको छानविन न्यायिक प्रक्रियाबमोजिम गर्नुपर्ने हुँदा निष्पक्ष छानविनका आधारमा संसद्मा प्रतिवेदन प्रस्तुत गर्नका लागि समय अपुग भएमा प्रतिवेदन पेस गर्नु उचित नभएकाले संवैधानिक पद्धति र परम्पराअनुसार आगामी संसद्लेसमेत सोको स्वामित्व ग्रहण गरी आफ्नो छानविन अन्तिम निष्कर्षमा पु¥याउनुपर्ने फोरमको स्पष्ट धारणा रहेको छ”, सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 
 
विज्ञप्तिमा निलम्वित प्रधानन्यायाधीश राणाले पूर्वन्यायाधीशको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति खेद प्रकटसमेत गरेका छन् । “न्यायलयको शुद्ध र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पु¥याउने उद्देश्यले कानूनबमोजिम दर्ता भई कार्यरत रहेको पूर्वन्यायाधीश फोरम एवं सो संस्थामा आबद्ध रहेका पूर्वन्यायाधीशको मर्यादामा भ्रम फैलिने गरी व्यक्त गरिएको बयानप्रति खेद प्रकट गर्दछौँ”, उनले विज्ञप्तिमा भनेका छन् ।  
 
उनले निलम्वित प्रधानन्यायाधीश राणालाई पूर्वन्यायाधीश वा न्यायाधीशले कुनै पनि कुराको भागबन्डा, सहुलितय वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्नसमेत आग्रह गरेका छन् ।  
 
वरिष्ठ अधिवक्ता शम्भु थापाले महाअभियोग समितिमा निलम्वित प्रधानन्यायाधीश राणाले व्यक्त कुराको खेद व्यक्त गर्दै महाअभियोग अहिले संसद्ले नसके पनि माथिल्लो सदन (राष्ट्रियसभा) र निर्वाचनपछि बन्ने संसद्ले पनि अगाडि बढाउनसक्ने बताए । 
 
निलम्वित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मङ्गलबार सकेको छ । समितिले यही भदौ ८ गते बयान लिने निर्णय गरी भदौ १६ गतेदेखि बयान लिन सुरु गरेको थियो भने हिजो ९मङ्गलबार० पाँचौँ दिन पहिलो चरणको बयान सकिएको थियो ।  
 
राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाअभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियो । राणाविरुद्ध नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ ।
 
समितिले निलम्वनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र बयानका क्रममा आएका व्यक्तिसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ । रासस