काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपभोक्तालाई कुनै पनि किसिमको ठगीबाट बचाउन र उनीहरूको अधिकतम हित सुनिश्चित हुने गरी कार्य गर्न सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा उनले मुलुकमा दसैँँ, तिहार, छठ जस्ता राष्ट्रिय चाडपर्वहरूको चहलपहल सुरु भएसँगै बजारमा कृत्रिमरूपमा हुने मूल्य वृद्धिलाई नियमन र नियन्त्रण गर्न आग्रह…