मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अध्यक्ष प्रचण्ड

व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन : अध्यक्ष प्रचण्ड


चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको बताएका छन् । 
 
माओवादी केन्द्र चितवनले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सामाजिक न्याय र समानतालाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको बताए ।
 
“निकै ठूलो त्याग र तपस्यापछि देशमा लोकतान्त्रिक गणतन्त्र आयो, व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन”, उनले भने, “घर आँगन बदल्ने, उज्यालो ल्याउने, सम्वृद्धि ल्याउने, विकासलाई गति दिने, सामाजिक न्याय र समानताको नयाँ उचाइ छुने हाम्रो प्रतिबद्धता छ ।” देश सङ्घीय गणतन्त्रमा आइसकेको भन्दै उनले देशलाई अब विकास निर्माण र सम्वृद्धिको आवश्यकता रहेको बताए । 
 
चितवनमा अहिले नमूना विकासको प्रयास गरिरहेको भन्दै उनले आउने दिनमा निकै ठूलो फड्कोका साथ विकास र सम्वृद्धिको नयाँ मोडल चितवनले प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । 
 
“चितवनको विकासको मोडेल देशैभरि फैल्याउने गौरव तपाईंहरुलाई प्राप्त हुने छ ।” चितवनमार्फत सिङ्गै देशको विकासलाई गति दिइने उनले बताए । आफूले यो राष्ट्रका सबै उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदाय सबैलाई सम्वृद्धिको उचाइमा लाने सपना बोकेको उनको भनाइ थियो । रासस