पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कालोझण्डा र नाराबाजी गरिएको छ । पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका सभापति लामिछानेलाई सहकारी पीडितले कार्यक्रमस्थल पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटबाहिर कालो झण्डा र नाराबाजी गरेका हुन् । पोखराको सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताहरुले कालोझण्डा देखाउँदै आफूहरुको बचत रकम फिर्ता…