मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

कांग्रेस बल्ल बिपीको विचारमा हिँडेको छ : गगन थापा

कांग्रेस बल्ल बिपीको विचारमा हिँडेको छ : गगन थापा

केशव भट्टराई

शेयर गर्नुहोस:

567
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले बल्ल जननेता बिपी कोइरालाको विचारलाई समातेको बताएका छन् ।

‘चुनाव जित्नकै लागि गठबन्धन गर्नु नै बिपीको विचारबाट बरालिनु हो,’ सोमबार बिपी जयन्तीको अवसरमा कांग्रेस चितवनले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुखअतिथिसमेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘अब बल्ल कांग्रेसले बिपीको विचारलाई पछ्याएको छ ।’

चुनावअघिको गठबन्धनले सबैभन्दा बढी पीडा नै चितवनलाई दिएको बताउँदै उनले चुनाव जित्नकै लागिमात्रै गठबन्धन गर्नु हुँदैन भन्ने प्रेरणा पनि चितवनबाटै मिलेको बताए । अब आफ्नो पार्टीलाई बलियो बनाउन र केन्द्रदेखि वडा तहसम्मको निर्वाचन जिताउन पार्टी संगठनलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

‘अब बल्ल पार्टीले शुद्धीकरणको बाटो हिँड्न सुरू गरेको छ,’ उनले भने, ‘पार्टीलाई शुद्ध बनाएपछि हामीभित्रै भएका विकृतिलाई बढार्न जरूरी छ ।’ पार्टीभित्रै अन्तरद्वन्द्वमा फस्दा त्यसले कुनै पनि कोणबाट फाइदा नपुग्ने बताउँदै महामन्त्री थापाले थपे, ‘पार्टीलाई एकतामा ल्याउन आफूआफैँ लडेर बस्ने होइन । त्याग र सहयोगको भावना लिएर काम गर्नुपर्छ ।’

चितवनले आगामी निर्वाचनमा पार्टीको साख जोगाउने महत्त्वपूर्ण जिम्मेवारी पाएको उनले बताए । त्यसका लागि चार महिनासम्म एक जना केन्द्रीय नेताको उपस्थितिमा जिल्लाको वस्तुस्थिति बुझ्ने तयारी भइरहेको उनले बताए । ‘हामीले ९० प्रतिशत समय आफ्नै साथीसँग जुधेर खेर फालेका छौँ । अब त्यसो गर्नु हुँदैन,’ उनले भने, ‘हामीले जुध्ने भनेको अर्को पार्टीसँग हो । आफ्नोसँग होइन ।’

पार्टीलाई सफल बनाउनको लागि तल्लो तहदेखि सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारका साथ निर्वाह गर्नसमेत महामन्त्री थापाले निर्देशन दिए । ‘हामीले पार्टीलाई बलियो बनाउन सक्यौँ भने कोही मादल बजाउँदै आउन् कि घण्टी बजाउँदै आऊन् हामीलाई मतलब छैन । हामीले नेतृत्व तहमा उपस्थिति बलियो बनाउन सक्छौँ,’ उनले भने ।
उनले बिपी कोइरालाको जीवन, पार्टी संगठन निर्माणमा दिएको योगदानसँगै उनको विचार र सिद्धान्तका विषयमा चर्चासमेत गरेका थिए ।

वैचारिकरूपमा बलियो हुनुपर्छ : मन्त्री पौडेल

कांग्रेस केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कांग्रेसभित्र वैचारिक पक्षलाई बलियो बनाएर हिँड्नुपर्ने बताए । पार्टीको विचार र सिद्धान्तलाई ख्याल गरेर संगठन सुधार नगरेसम्म पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै उनले भने, ‘संगठनलाई एकतावद्ध बनाएर जाने हो भनेमात्रै निर्वाचनमा एकल बहुमत ल्याउन सकिन्छ ।’

परिवारभित्र जुन खालको सम्बन्ध छ, पार्टी पनि एउटा परिवार भएको हुँदा पार्टीभित्र पनि पारिवारिक सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरूङसहित १७१ जनालाई सम्मान गरिएको छ । पार्टीमा योगदान पुर्‍याएबापत विभिन्न शीर्षकमा सम्मान गरिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । कार्यक्रममा चितवनबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, चितवन जिल्लाका पूर्वसभापतिलगायतका नेताहरू सहभागी थिए ।