मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

पत्रकार महासंघका अध्यक्ष पोखरेलले दिए राजीनामा

हिमालय खबर

शेयर गर्नुहोस:

837
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । महासंघको आगामी निर्वाचन समयमा नै गर्न नसकिएको भन्दै पोखरेलले राजीनामा दिएका हुन् ।

महासंघको केन्द्र, प्रदेश र जिल्लास्तरीय निर्वाचन पटक-पटक स्थगित भए पछि पोखरेलले यस कदम चालेका हुन् । पोखरेलको नेतृत्वको कार्यकाल गत चैतमै समाप्त भएको थियो ।

जेठ २६ गतेका लागि निर्धारित निर्वाचन मतदाता सूचीमा देखिएको विवादका कारण रोकिएको थियो । त्यसपछि असार २२ गतेका लागि नयाँ मिति तय गरियो, तर मतदाता नामावलीकै असमझदारीले गर्दा निर्वाचन हुन सकेन । हाल असोज ५ मा चुनावको मिति तय गरिए पनि मतदाता नामावली र सम्पूर्ण कार्यतालिका अझै सार्वजनिक गरिएको छैन ।

राजीनामा दिँदै पोखरेलले एक विज्ञप्ति जारी गरेका छन् जसमा निर्वाचनको प्रक्रिया लम्बिनुको लागि आफूलाई नैतिकरूपमा जिम्मेवारी देखाएका छन् ।

‘सम्बन्धित पक्षहरूको राय र माग सुन्ने क्रममा केही अन्योल सिर्जना भयो । जसले गर्दा निर्धारित समयमा निर्वाचन गराउन असफल भएँ’, उनले भनेका छन् ।