काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सेवालाई प्रभावकारी बनाउन राज्यले स्वास्थ्यका लागि व्यवस्था गरेका सबै सेवा र सहयोग एकीकृत प्रणालीमा ल्याउनुपर्ने बताएका छन् । व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए । अहिले सामाजिक सुरक्षा कोष, सुरक्षा निकाय…